" /> नेकपा एस सोलुखुम्बुद्वारा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेद्वार सिफारिस - Sarbocha Media

नेकपा एस सोलुखुम्बुद्वारा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेद्वार सिफारिस

`

     २०७९ भाद्र १३ गते ६:२६

सोलुखुम्बु, भदौ १३ । नेकपा एस सालुखुम्बुले मङ्सिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेद्वार सिफारिस गरेको छ । उक्त निर्वाचनको लागि प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ गरी जम्मा ११ जना उमेद्वार लाई सिफारिस गरिएको हो ।

जस अनुसार प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ आङ ङिमा लामा र समानुपातिक तर्फ आङकामी शेर्पालाई सिफारिस गरिएको छ । प्रतिनिधि सभा सदस्य समानुपातिकमा महिला तर्फ भने ङिमादिकी शेर्पालाई सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ डिल्ली राई, भीम कुमार शर्मा, हेरम्बराज बाँस्तोला लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?