नेपाली काँग्रेसका पदाधिकारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने

`

     २०७९ भाद्र १३ गते १:३६

काठमाडौं, भदौ १३ । नेपाली काँग्रेसका पदाधिकारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ । नागरिकता विधेयको विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी टोली राष्ट्रपतिलाई भेट्न आज दिउँसो २ बजे शीतल निवास जान लागेका हुन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितको टोली शीतल निवास जान लागेको स्रोतले बताए ।

स्रोतका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि कांग्रेस टोलीले राष्ट्रपति भण्डारीलाई आग्रह गर्नेछ । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले ‘होल्ड’ मा राख्ने संकेत दिएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?