आज नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घट्यो

`

     २०७९ भाद्र १३ गते १२:०६

काठमाडौं, भदौ १३ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजाररुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ११ सय ६० मा कारोबार भएको थियो। चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?