आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घट्यो

`

     २०७९ भाद्र १२ गते ११:५८

काठमाडौं, भदौ १२ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ थियो । जुन, आज ७०० रुपैयाँ प्रति तोलाले घटेको महासंघले बताए ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । गत साताको शुक्रबार सुनको मूल्य स्थिर कायम भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । गत साताको शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ११ सय ६० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?