काठमाडौं, भदौ १० । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।




