काठमाडौं, भदौ ९ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना ९साउन० मा ४१ अर्ब ५२ करोड मूल्य बराबरको उद्योग दर्ता भएको छ।
गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा २५ अर्ब मूल्य बराबरको ३३ वटा उद्योग दर्ता भएका थिए।
उद्योग विभागको तथ्यांक हेर्दा कुल उद्योगमध्ये ऊर्जामूलक पाँच, सूचना तथा प्रविधिमा आधारित दुई, उत्पादनमूलक पाँच, सेवामूलक र पर्यटनमूलक छरछ वटा गरी २७ वटा उद्योग दर्ता भएका छन्।
जसमा सफ्टवेयर डेभलपमेन्ट, कन्स्ट्रक्सन, बिस्कुट, पप, हाइड्रो तथा होटल खुल्ने भएका छन्।
यी उद्योग सञ्चालनमा आएपछि दुई हजारले रोजगारी पाउने छन्।




