काठमाडौं, भदौ ८ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले बताउको छ ।
उनीहरुबीच नागरिकता विधेयक र प्रतिनिधिसभा बैठक प्रस्तुत भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल भएको सचिवालय स्रोतले बताएको छ ।
पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको छ। ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाबलाई नसमेटेर हतार हतार पास गरेर राष्ट्रियसभामा पठाएकोमा पनि आपत्ति बताएका छन् ।




