रुसले युक्रेनमा गरेको आक्रमणलाई निरन्तरता दिएको ६ महिना पूरा

`

     २०७९ भाद्र ०८ गते ८:५१

काठमाडौँ, भदौ ८ । रुसले २४ फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमणलाई निरन्तरता दिएको बुधबार ६ महिना पूरा भएको छ ।

यसैबीच, मङ्गलबार अमेरिकाले आफ्ना नागरिकहरूलाई युक्रेनबाट तुरुन्तै छाड्न आग्रह गरेको छ । युक्रेनमा रुसले आगामी केही दिनमा नागरिक र पूर्वाधारलाई निशाना बनाउने तयारी गरिरहेको सूचनाका आधारमा अमेरिकाले आफ्ना नागरिकलाई युक्रेन छोड्न चेतावनी दिएको बताइएको छ ।

आक्रमणको आशंका गर्दै युक्रेनले बुधबार सोभियत शासनबाट स्वतन्त्र भएको वर्षगाँठमा कीभमा मनाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसैबीच, दक्षिणपूर्वी युक्रेनको जापोरिझिया क्षेत्रमा रुसी सेनाले तोपखाना र हवाई आक्रमण जारी राखेको छ। युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा प्लान्ट पनि यहाँ अवस्थित छ ।

रुसी सेनाले ब्ल्याक सी को तट र पूर्वी डोनबास क्षेत्रसहित यस क्षेत्रको ठूलो क्षेत्र नियन्त्रण गरेको छ । ६ महिना बितिसक्दा पनि यो युद्धमा शान्तिको सम्भावना अहिले लगभग नगण्य छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबारको स्वतन्त्रता दिवसअघि रुसले ठूलो सैन्य कारबाही गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

युक्रेनका मानिसहरू रूसले स्वतन्त्रता दिवसको बिदामा उनीहरूको सरकारी र नागरिक लक्ष्यहरूलाई लक्षित गर्न सक्ने भन्दै त्रसित बनेको मिडिया रिपोर्टमा बताइएको छ । अमेरिकाले यसअघि नै रुसले आगामी दिनमा युक्रेनी नागरिक पूर्वाधार र सरकारी सुविधाहरूमा आक्रमण गर्ने योजना बनाएको बताएको छ । सबैभन्दा डरलाग्दो युक्रेनमा युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा प्लान्टमा आक्रमण भएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युद्धमा करिब ९ हजार युक्रेनी सैनिक मारिएका छन् । युक्रेनी सैन्य प्रमुख भ्यालेरी जालुज्नीले हालै करिब ९ हजार युक्रेनी सेना मारिएको बताएका छन् ।

त्यस्तै युक्रेनले यस आक्रमणमा रुसतर्फ धेरै ठुलो क्षति भएको समेत दाबि गरिरहेको छ । युक्रेनले अहिलेसम्म ३० हजार भन्दा बढी रुसी सैनिक मारिएको बताएको छ । संयुक्त राष्ट्रसंघका अनुसार फेब्रुअरी २४ मा रुसले युक्रेनमा गरेको आक्रमणपछि ५ हजार ५ सय ८७ युक्रेनी मारिएका छन् भने ७ हजार ८९० जना घाइते भएका छन् । अर्कोतर्फ, युनिसेफले रुसी दमन सुरु भएय बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?