काठमाडौँ, ७ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरको चुनावअघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकतासम्भव नरहेको बताएका छन् ।
‘अहिले नेकपा माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्नेबारेमा प्रारम्भिक चरणको कुराकानी थालेका छौ’, अध्यक्ष नेपालले भने, ‘एकताको कुरा चुनावभन्दा पहिले सम्भव छैन ।’ उनले अहिले आआफ्नो पार्टी आआफ्नो चुनाव चिह्नको आधारमा चुनाब लड्ने पनि बताए ।
‘अहिले आआफ्नो पार्टी आआफ्नो चुनाव चिह्नको आधारमा चुनाब लडिन्छ’, अध्यक्ष नेपालको भनाइ छ ।




