शिक्षक सेवा आयोगको नतिजा दसैँ अगावै सार्वजनिक गर्ने तयारी

`

     २०७९ भाद्र ०७ गते १:२४

काठमाडौँ, ७ भदौ । शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ ।

अहिले उत्तर पुस्तिका परीक्षणको काम भईरहेको आयोगका उप–सचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

आयोगले माध्यमिक तहको असोजदेखि कात्तिकभित्रमा नतिजा प्रकाशन गरिसक्ने र मंसिरमा अन्तर्वार्ता गर्ने गरी कार्यतालिका बनाएको छ । अन्तर्वार्तामा पास भएका शिक्षकहरूलाई पुसभित्रमा सिफारिस गरेर नियुक्ति पत्र दिनेछ । त्यस्तै आयोगले निमाविको ढिलोमा मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने र पुसमा अन्तर्वार्ता लिँदै माघमा सिफारिस गर्ने गरी काम अघि बढाइरहेको छ ।

प्राविको मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने, फागुनभित्रमा अन्तर्वार्ता गरिसक्ने र चैत्रभित्रमा सिफारिस गरिसक्ने कार्यतालिका रहेको त्यही अनुसार अगाडि बढिरहेको मरहठ्ठाले बताए ।

त्यस्तै गत १९ चैतमा लिइएको प्राविको सामान्य तर्फको परीक्षामा १९ हजार ३८५ जना उत्तीर्ण भएका थिए । परीक्षामा १ लाख २ हजार ६५८ जना सहभागी भएका थिए । आयोगले १३ हजार २९७ पदका लागि विज्ञापन आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?