बङ्गलादेशमा ऊर्जा सङ्कट बढ्दै

`

     २०७९ भाद्र ०७ गते १२:३८

काठमाडौँ, ७ भदौ । बिजुली बचाउनका लागि बंगलादेश सरकारले स्थानीय विद्यालय र कार्यालय समय घटाउने निर्णय गरेको छ ।

यही समयमा बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । मूल्यवृद्धि र ऊर्जा संकटकाबीचमा बंगलादेशी नागरिकहरूले सरकारविरुद्ध औपचारिक लोडसेडिङको विरोध गरिरहेका छन् ।

रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढ्दा बंगलादेशको विदेशी मुद्राको भण्डारण रित्तिन लागेको छ । ऊर्जा संकट निम्तिएपछि यसअघि शुक्रबार मात्रै बन्द हुँदै आएका विद्यालय शनिबार पनि बन्द गर्न थालिएको छ । बंगलादेश मन्त्रिपरिषद्का सचिवले यसलाई पुष्टि गरेका छन् ।

यसका साथै, बंगलादेशले बैंक र सरकारी कार्यालयको काम गर्ने अवधि घटाएको छ ।

बंगलादेशले आयातित डिजेलबाट देशमा उत्पादन हुने कूल विद्युतको ६ प्रतिशत बिजुली उत्पादन गर्दै आइरहेको छ । बंगलादेशले गत महिनादेखि नै दैनिक २ घन्टा लोडसेडिङ सुरू गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?