आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

`

     २०७९ भाद्र ०७ गते ११:३५

काठमाडौं, भदौ ७ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घट्दै ९५ हजार रुपैयाँमा झरेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै घट्दै ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?