रुसले जापोरिजा परमाणु केन्द्रमा अनुगमनका लागि अनुमति दिने

`

     २०७९ भाद्र ०५ गते ८:४१

एजेन्सी, भदौ ५ । रुसले जापोरिजा परमाणु केन्द्रमा अनुगमनका लागि अनुमति दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापोरिजा परमाणु केन्द्रलाई अनुमति दिने बताएका हुन् ।

फ्रान्सका राष्ट्रपति एमानुअल म्याक्रोँबीच भएको टेलिफोन वार्तापछि रुसी प्रशासन क्रेमलिनले यस्तो घोषणा गरेको हो । मार्च महिनाको सुरुदेखि परमाणु केन्द्र रुसी नियन्त्रणमा छ । यद्यपी, युक्रेनी प्राविधिकले त्यहाँ रुसीहरूको निर्देशनमा काम गरिरहेका छन् ।

युरोपकै ठूलो बताइएको उक्त प्लान्टलाई निरीक्षण गर्न राष्ट्रसंघले माग गरेको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त प्लान्टको अवस्थाबारे आफू चिन्तित रहेको बताएको थिए । उनले जापोरिजा वरपर सैन्य गतिविधि अन्त्य गर्न आग्रह गर्दै अनुगमनकर्तालाई प्रवेश दिन मस्कोसँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?