आज नेपाली बजारमा सुनको मूल्य घट्यो

`

     २०७९ भाद्र ०३ गते १२:१४

काठमाडौं, भदौ ३ । आज पनि नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको थियो।

बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?