हाम्रो समाज रूपान्तरण अभियानले युवाहरूलाई नि: शुल्क मोबाइल मर्मत तालिम प्रदान गर्ने

`

     २०७९ भाद्र ०१ गते ९:१०

 

काठमाडौँ, भाद्र ०१ । हाम्रो समाज रूपान्तरण अभियान, काठमाडौँ जिल्ला कार्य समितिले १५ दिने नि: शुल्क मोबाइल मर्मत तालिम सञ्चालन गर्ने भएको छ । देश भित्रै हजारौँ युवायुवतीहरूलाई स्वरोजगार बनाउने उद्देश्य अनुरूप विभिन्न प्रकारका उद्यमशील तालिमहरू सञ्चालन गरिने अभियानका अध्यक्ष किसन राईले आज राजधानीमा आयोजित एक अन्तरक्रियामा बताउनु भयो ।

सुरुवाती चरणमा ३०० जनालाई दिइने मोबाइल रिपेयरिङ् तालिम पश्चात् ल्यापटप रिपेयरिङ् लगायतका विभिन्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै लैजाने साथै कृषि उद्यमशीलता सम्बन्धी कार्यक्रमहरू पनि गर्दै असङ्ख्य युवाहरूलाई सिपयुक्त,उद्यमशील र स्वरोजगार बनाउने हिसाबले कार्यक्रमहरूलाई निरन्तर रूपमा सञ्चालन गर्दै अघि बढ्ने कुरा अभियानको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त तालिममा सहभागी भई स्वरोजगार बन्न इच्छुक व्यक्तिहरूले निम्न मोबाइल नम्बरमा सम्पर्क राख्न सकिनेछ – ९८५१००३८३४ \ ९८४१११५५२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?