एप्पलले गर्यो आफ्ना यी उत्पादन बन्द

`

     २०८२ पौष १२ गते ११:४८

काठमाडौँ, पौष १२ । अमेरिकी टेक दिग्गज एप्पलले २०२५ को लागि आफ्नो उत्पादन पोर्टफोलियोको ठूलो हेरफेरको घोषणा गरेको छ । कम्पनीले आईफोन, आईप्याड, एप्पल वाच, म्याकबुक र सामानहरू सहित २० भन्दा बढी उपकरणहरूको उत्पादन बन्द गरेको जानकारी दिएको छ । यी मध्ये धेरैजसो उत्पादनहरू एप्पलको नवीनतम प्रविधि र सुधारिएको प्रदर्शन सहितको नयाँ र अद्यावधिक मोडेलहरूले प्रतिस्थापन गरिने एप्पलले बताएको छ ।

बन्द गरिएका उत्पादनहरु:

आइफोन:

आईफोन १६ प्रो म्याक्स (अब आईफोन १७ प्रो म्याक्स उपलब्ध)
आईफोन १६ प्रो (अब आईफोन १७ प्रो)
आईफोन १५ प्लस
आईफोन १५
आईफोन १४ प्लस
आईफोन १४
आइफोन एसई (अहिले आइफोन १६ ई)

आइप्याडहरु:

आइप्याड प्रो (एम४ चिप)
आइप्याड एयर (एम २ चिप)
आइप्याद १०

एप्पल वाच

एप्पल वाच अल्ट्रा २
एप्पल वाच सिरिज १०
एप्पल वाच एसइ २

म्याकबुक

म्याक स्टुडियो (एम २ म्याक्स र एम २ अल्ट्रा)
म्याकबुक प्रो १४-इन्च ९एम ४०
म्याकबुक एयर १३- इन्च र १५ इन्च (एम ३)
म्याकबुक एयर १३ इन्च (एम २)

अन्य बन्द गरिएका एप्पलका उत्पादनहरू

एयर पड्स प्रो-२
एप्पल भर्सन प्रो (एम२)
क्यूआइ २ मागसेफ चार्जर
३० डब्लु युएसबी-सी पावर एडाप्टर
लाइटनिङ देखि ३.५ एमएम अडियो केबल
मागसेफदेखि मागसेफ २ कन्भर्टर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?