काठमाडौँ, १ भदौ । जनता समाजवादी पार्टीका नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले राईलाई आज च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने भएको छ ।
नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए ।
भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्कन लागेका हुन् ।




