आज नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घट्यो

`

     २०७९ श्रावण ३० गते १२:२१

काठमाडौं, साउन ३० । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला १२ सय ५० मा कारोबार भएको थियो। चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?