राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

`

     २०७९ श्रावण ३० गते ९:०१

काठमाडौं, साउन ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मध्याह्न १२ बजे बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा निर्वाचन केन्द्रित विस्तृत छलफल हुने उनले जानकारी दिए ।

बैठकमा २२ बुँदे मागसहितको आन्दोलनको समीक्षा र भदौमा हुने तेस्रो चरणको आन्दोलनको प्रारुपबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?