काठमाडौँ, २७ साउन । आज सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।




