चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय वार्ता हुने

`

     २०७९ श्रावण २५ गते ९:१५

काठमाडौं, साउन २५ । छिमेकी राष्ट चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय वार्ता हुने भएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राती चीन प्रस्थान गरेका मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लागेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।

नेपाली टोलीको सम्मानमा चिनियाँ विदेश मन्त्री यीले आजै भोजको आयोजना पनि गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?