काठमाडौँ, २४ साउन । बंगलादेशमा पेट्रोलियम पदार्थको भारी (अहिलेसम्मकै उच्च) मूल्यबृद्धिको देशव्यापी विरोध भएको छ ।
सरकारले केही दिनअघि पेट्रोल र डिजेलको मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको थियो । टापु देश श्रीलङ्कापछि दक्षिण एसियाको अर्को देश बंगलादेश पनि प्रदर्शनबाट प्रभावित छ । आक्रोशित प्रदर्शनकारीहरूले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बंगलादेश भर इन्धन स्टेसनमा घेरा हालेका छन् ।
शेख हसिना सरकारले मंगलबार पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको थियो । ५१.७ प्रतिशतले गरिएको उक्त वृद्धि बंगलादेश स्वतन्त्र भएपछि अहिलेसम्मकै इन्धनमा भारी मूल्यबृद्धि भएको जनाइएको छ ।




