काठमाडौं, साउन २३ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।




