काठमाडौँमा ३ हप्ता भन्दा बढी समय देखी फोहोर नउठाउँदा हैजा फैलने खतरा बढ्दै

`

     २०७९ श्रावण २३ गते ८:१९

काठमाडौं, साउन २३ । काठमाडौंमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । भन्दा बढी समय देखी फोहोर नउठाउँदा हैजा फैलने खतरा बढ्दैगएको छ ।

फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौंवासीको भनाइ छ । पछिल्लो समय काठमाडौैका मेयर बालेन्द्र शाहले पनि फोहोर उठाउने विषयलाई उच्च प्राथमिकतामा राख्न नसक्दा काठमाडौं फोहोरमाडौंका रूपमा विकास हुन पुगेको आरोप स्थानीयवासीको छ ।

केन्दीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा, सहरी विकासमन्त्री मेटमणि चौधरी तथा मुख्य सचिव शंकरदास वैरागीलगायतका उच्च पदस्थहरूले पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्ने कार्यमा चासो दिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?