आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

`

     २०७९ श्रावण २२ गते १२:२१

काठमाडौ, साउन २२ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज छापावाल सुनको मूल्य ९६ जजार ३ सय, तेजावी सुनको मूल्य ९५ हजार ८ सय र चाँदीको मूल्य १२ सय ५ रुपैयाँ प्रतितोला तोकिएको छ । अघिल्लो कारोबार दिन गत शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९६ हजार ३ सय र चाँदीको मूल्य १२ सय २० रुपैयाँ प्रतितोला थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?