काठमाडौँ, २० साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताएका छन् ।
अध्यक्ष ओलीले गठबन्धनका नेताहरूको व्यक्तिगत स्वार्थ मात्र रहेको बताए । साथै ओलीले ५ वर्ष यस गठबन्धनले सरकार चलाएमा देश ध्वस्त हुने आरोपसमेत लगाएका छन् । उनले भनेका छन्, ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव ।’
उनले थपे, ‘प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छट्पटीमै बित्छ । करबते बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन ।’
त्यस्तै अहिलेको सरकार कानून नभएको शासन जस्तो देखिएको उनको बताए । इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि अध्यक्ष ओलीले आरोप लगाए ।




