काठमाडौँ, साउन २० । परराष्ट्रमन्त्री नारायण खड्का चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा अर्को साताको मंगलबार चीन भ्रमणमा जाने भएका छन् ।
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।




