शुक्रबारदेखि देशभर भइरहेको मतदाता नामावली संकलनको काम स्थगित हुने

`

     २०७९ श्रावण १९ गते ३:५१

काठमाडौं, साउन १९ । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै मतदाता नामावली संकलनको काम स्थगित हुने भएको छ । भोली (शुक्रबार)देखि देशभर भइरहेको मतदाता नामावली संकलनको काम स्थगित हुने निर्वाचन आयोगले बताएको छ ।

गत स्थानीय तह निर्वाचनको मतगणना कार्य सम्पन्न भएपछि आयोगले छुटेका व्यक्तिहरुको नामावली संकलन गरिहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?