नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

`

     २०७९ श्रावण १९ गते १२:१०

काठमाडौँ, साउन १९ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?