आज नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घट्यो

`

     २०७९ श्रावण १६ गते १२:१९

काठमाडौं, साउन १६ । नेपाली बजारमा सोमबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?