बागमती प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई करको दायरामा ल्याउने

`

     २०७९ श्रावण १३ गते ३:२९

काठमाडौँ, १३ साउन । बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले राइड सेयरिङ (पठाओ, इन ड्राइभ टुटल) जस्ता दुई पाङ्ग्रे निजी सवारी साधनलाई करको दायरमा ल्याएर व्यवस्थित गर्ने तयारी थालेको छ ।

सरकारले दुई पाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन गर्न र यात्रु सुरक्षाका लागि ऐनको व्यवस्थापन गर्ने गरी ‘राइड सेयरिङ’ सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माणको तयारी थालेको हो । मन्त्रालयले सो कार्यविधि निर्माणको लागि सम्बन्धित मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यविधि मस्यौदा समिति समेत गठन गरेको छ । समितिको सदस्यमा मन्त्रालयका प्रवक्ता हरिहर पोखरेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, एकान्तकुना र यातायात व्यवस्था कार्यालय, हेटौडाका प्रमुख सदस्य रहका छन् ।

समितिले प्रारम्भिक छलफल सुरु गरिसकेको र अन्य देशहरुको व्यवस्था अध्ययनमा सक्रिय रहेको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले बताए । उनले आगामी भदौ भित्रमा मस्यौदा समितिले कार्यविधि निर्माणको काम सम्पन्न गर्ने गरी छलफल अघि बढाइएको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?