आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो

`

     २०७९ श्रावण १३ गते ११:४०

काठमाडौँ, साउन १३ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?