यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण

`

     २०७९ श्रावण १३ गते ११:१३

काठमाडौँ, साउन १३ । यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो ।
हो ।

पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः ५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?