काठमाडौं, साउन ११ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी बोर्डको अध्यक्षमा नियुक्त भएको समाचार बाहिर आएपछि सामाजिक संजालमा उनको चर्को आलोचना भइरहेको छ ।



