सुनको मूल्य २०० रुपैयाँले घट्यो

`

     २०७९ श्रावण ११ गते ११:२४

काठमाडौं, साउन ११ । सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य २०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो ।

सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?