एजेन्सी, साउन १० । कंग्रेस आईका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार संसद भवनदेखि विजय चोकसम्म प्रदर्शनमा सहभागी हुन पुगेका गान्धीलाई प्रहरीले नियन्त्रणमा राखेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।
प्रहरीले नियन्त्रणमा लिनुअघि गान्धीले बढ्दो महँगी र बेरोजगारीबारे सरकारलाई खबरदारी गर्नु प्रदर्शनको उद्देश्य रहेको जानकारी दिए । ‘महँगी र बेरोजगारीबारे संसदमा बहस गर्न दिइएको छैन र प्रहरीले सडकमा प्रदर्शन गर्नसमेत रोक लगाएको छ,’ गान्धीले भनेका छन्।
गान्धीसहित प्रदर्शनमा पुगेका कंग्रेस आईका अन्य सांसद तथा नेता(कार्यकर्तालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।




