भारतमा विषाक्त रक्सी सेवनबाट सात जनाको मृत्यु

`

     २०७९ श्रावण १० गते ७:४६

एजेन्सी, साउन १० । भारतमा विषाक्त रक्सी सेवनबाट ७ जनाको मृत्यु भएको छ । गुजरातको बाटोड जिल्लामा विशाक्त मदिरा सेवनबाट कम्तीमा ७ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै स्थानीय प्रहरीले बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवनबाट ७ जनाको मृत्यु हुनुका साथै १० जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् ।

अस्पतालमा भर्ना भएका एक जनाकी श्रीमतीले बताए अनुसार उनका पतिले शनिबार राति रक्सी सेवन गरेका थिए र त्यसको केही घण्टा पछि उनको स्वास्थ्य बिग्रन थालेको थियो।

यसअघि आइतबार राति एक मदिरा पसलबाट नक्कली मदिरा किनेर खाएका १५ जना बिरामी परेका थिए। उनीहरूको हाल स्वास्थ्यमा सुधार हुँदै गएको बिबीसीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?