गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि

`

     २०७९ श्रावण ०९ गते १:०६

काठमाडौं, साउन ९ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ । कोरोना महामारी नियन्त्रण गर्न विभिन्न देशले गरेको लकडाउन खुकुलो भएसँगै नेपालको निर्यात व्यापार वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?