काठमाडौं, साउन ९ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ज्ञ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घट्दै ९४ हजार ४०० रुपैयाँमा झरेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा १ सय रुपैयाँले नै घट्दै ९३ हजार ९०० रुपैयाँमा झरेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।




