आज सुनको मुल्यमा वृद्धि

`

     २०७९ श्रावण ०८ गते ११:४८

काठमाडौं, साउन ८ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँले बढेको हो। शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको हो। शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ मा कारोबार भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?