एजेन्सि, ८ साउन । जापानको फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ ।
पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ । तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा औपचारिक राजकीय अन्त्येष्टि आयोजना गर्ने निर्णय गरेको छ ।
रुस–युक्रेन युद्धपछि जापान युक्रेनको पक्षमा उभिएको छ ।




