आज भारतले नयाँ राष्ट्रपति पाउँदै

`

     २०७९ श्रावण ०५ गते १२:५५

काठमाडौँ, ५ साउन । भारतको १५ औं राष्ट्रपतिको टुंगो आज लाग्दैछ । १८ जुलाईमा भएको राष्ट्रपति पदको निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु भएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल यही जुलाई २४ तारिखमा सकिंदै छ । त्यसैले नयाँ राष्ट्रपति पदको चयनका लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट द्रौपदी मुर्मु र विपक्षी दलको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन् ।

मत गणनाको मतपरिणाम आजै सार्वजनिक हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?