आज नेपाली बजारमा सुनको मुल्य १ हजार रुपैयाँले घट्यो

`

     २०७९ श्रावण ०५ गते ११:४५

काठमाडौं, साउन ५ । आज नेपाली बजारमा सुनको भाउ एकै दिन तोलामा १ हजार रुपैयाँले घटेको छ।

बुधबारको तुलनामा बिहिबार एक हजार रुपैँयाले घटेर छापावाल सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन ९२ हजार ५ सयमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि घटेर एक हजार १५५ रुपैँयामा मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको एक हजार १६५ मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?