काठमाडौं, साउन ५ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको गरेको आरोप लागेका जनार्दन शर्मा संसदीय विशेष छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगेका छन् ।
समितिको बुधबार बसको बैठकले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई आज बयानको लागि बोलाएको थियो ।
उनी पनि समितिको बैठकमा सहभागी भएका छन् । समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् । बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल समितिले छलफल गरेको थियो ।
शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गरेको आरोप लागेको छ ।
उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।




