उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न युक्रेनकी प्रथम महिला ओलेना अमेरिका भ्रमणमा

`

     २०७९ श्रावण ०४ गते १:२३

काठमाडौं, साउन ४ । उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का अमेरिका भ्रमणमा रहेकी छिन् । प्रथम महिलाको भ्रमण उनको पति तथा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कांग्रेसलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेको १ महिनापछि आएको हो ।

सो अवसरमा उनले थप सैन्य उपकरणहरूको लागि अमेरिकालाई दबाब दिएका थिए । उनले बुधबार क्यापिटल हिलमा सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रथम महिलाबीचको यो भेट दोस्रो पटक भएको हो । यसअघि मे महिनामा जिल बाइडेनले अघोषित भ्रमणका क्रममा जेलेन्स्कासँग भेट गरेकी थिइन् ।

युक्रेन सरकारमा जेलेन्स्काको कुनै आधिकारिक पोर्टफोलियो छैन् । युक्रेनमा रुसले हमला गरेको पाँच महिनापछि पनि किभले अमेरिकाबाट ठूलो मात्रामा सैन्य तथा राजनीतिक सहयोगको अपेक्षा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?