प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्वबाट मनोजकुमार बिदा

`

     २०७९ श्रावण ०३ गते २:२२

काठमाडौं, साउन ३ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्वबाट मनोजकुमार भट्टराई बिदा भएका छन् । २ कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराई कम्पनीबाट बिदा भएका हुन् ।

कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् । कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?