काठमाडौं, साउन ३ । आज मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ प्रतितोला ९३ हजार
३ सय रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी तोलाको ११६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




