भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

`

     २०७९ श्रावण ०२ गते १०:२८

एजेन्सी, साउन २ । भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रपति निर्वाचनमा अहिलेसम्म सत्तारूढ दलकी साझा उम्मेदवार अगाडि देखिएकी छन् । संसदको दुबै सदन, राज्य विधान सभा, राष्ट्रिय राजधानी क्षेत्र दिल्ली र केन्द्र शासित प्रदेश पुडुचेरीका निर्वाचित सदस्यहरूले राष्ट्रपति चुनावमा मतदान गर्नेछन्।

देशको १५ औं राष्ट्रपतीय निर्वाचनको नतिजा बिहीबार जुलाई २१ मा घोषणा हुँदैछ । यदि द्रौपदी मुर्मु राष्ट्रपति बनिन् भने उनी देशको पहिलो आदिवासी राष्ट्रपति हुनेछिन् । साथै, उनी देशको दोस्रो महिला राष्ट्रपति बन्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?