काँग्रेस नवलपुर कार्यसमितिले जिल्ला सदस्य र विभाग प्रमुख चयन

`

     २०७९ श्रावण ०१ गते ११:५५

काठमाडौँ, साउन १ । नेपाली काँग्रेस नवलपुर कार्यसमितिले जिल्ला सदस्य र विभाग प्रमुख चयन गरेको छ । शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले ५ सदस्य र ५ आमन्त्रित सदस्य मनोनित गरेको हो । जिल्ला कार्यसमिति सदस्यमा दुर्गा कोइराला, कपिलदेव भुसाल, कमल राज गिरौ, प्रेमबहादुर कार्की, रंगुप्रसाद उपाध्याय मनोनित भएका हुन् ।

सभापति महेन्द्रध्वज जिसीले शोभाखर रिमाल, कुलबहादुर गुरुङ, कृष्ण चौधरी, गणेश अधिकारी र रामप्रसाद चौधरीलाई आमन्त्रित सदस्यमा मनोनित गरेका छन् ।

यस्तै पर्यटन उधोग तथा वाणिज्य विभाग प्रमुखमा रेशमलाल सापकोटा, कृषि तथा भूमि सुधार विभागमा प्रमुख भीमनारायण रेग्मी, शिक्षा ,युवा तथा खेलकुद विभाग प्रमुख रंगुप्रसाद उपाध्याय र महिला तथा सामाजिक विभाग प्रमुखमा बिना महतो मनोनित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?