आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो

`

     २०७९ श्रावण ०१ गते ११:३५

काठमाडौं, साउन १ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ छ । जुन, असार ३१ गते छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार असार ३१ गतेको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ पुगेको छ । जुन, असार ३१ गते प्रतितोला ११ सय ४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?